सक्रिय बन्दै पूर्वयुवराज पारस (फोटो फिचर)
शुक्रबार, ०८ माघ २०७२, २० : ०८
काठमाडौं – थाइल्याण्डमा लामो समयसम्म जेलजीवन बिताएर फर्केका पूर्वयुवराज पारस शाह पछिल्लो दिनमा सक्रिय हुँदैछन् । लागुऔषध प्रयोग गरेको अभियोगमा थाई अदालतमा जेल बसेर गतसाल नेपाल फर्केपछि उनी लामो समय गुपचुप नै बसे । तर, पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित हुँदै उनी सक्रिय बन्न थालेका हुन् ।
आफ्नो बाबु पूर्वराजा ज्ञानेन्द्रकै शैलीमा हिन्दु शक्तिपिठहरु धाउँदै सार्वजनिक हुन शुरु गरेका पारसले शुक्रबार विहान ललितपुरको खोकनास्थित रुद्रायणी मन्दिरमा पारसले पुजा गरे भने दिउँसो ललितपुर लगनखेलको मोबाइल एक्पो उद्घाटन गर्दै अर्को सार्वजनिक कार्यक्रममा सहभागी भए । पारसका साथमा पूर्व शाहज्यादी शिताष्मा पनि सहभागी थिइन् ।
यसअघि उनी हिन्दुवादीहरुको कार्यक्रममा पनि सहभागी भएका थिए ।
शब्द/तस्विर :अशोक दुलाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण