सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पौडेलको उद्घोष

शुक्रबार, ०८ माघ २०७२, २० : १२
शुक्रबार, ०८ माघ २०७२

झापा– नेपाली काँग्रेसका केन्द्रीय उपसभापति रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् ।

नेपाली काँग्रेस झापाद्वारा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नयाँ योजना र कार्यक्रमकासाथ पार्टीलाई अघि बढाउन आफूले सभापति पदमा उम्मेदवारी दिने बताए ।

अर्को प्रसङ्गमा उनले लोकतन्त्रमा प्रमुख पार्टी र दोस्रो पार्टी मिलेर सत्ता गठबन्धन गर्नुभन्दा लोकतान्त्रिक अभ्यासअन्तर्गत सत्ता र प्रमुख प्रतिपक्षको भूमिकामा रहनु नै उत्तम हुने ठानेर काँग्रेसले स्वच्छ प्रतिस्पर्धाको राजनीति रोजेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप