नेपाली खेलाडीलाई प्रधानमन्त्री ओलीको बधाई
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा आज सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जीत हासिल गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिएका छन् । बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टोलीले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बधाइ ज्ञापन गरेका छन् । उनले खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ । २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र उनको व्यक्तिगत तर्फबाट पनि प्रधानमन्त्रीले बधाइ दिएका हुन् । प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तिमा सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने प्रतिवद्धता प्रधानमन्त्री ओलीको छ । यसैबीच नेकपा ९एमाले० केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पनि विज्ञप्ति जारी गरी ऐतिहासिक जीत हासिल गरेकामा नेपाली टोलीलाई बधाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण