एन्फाद्वारा जनही रु पाँच लाख दिने घोषणा, नेपाल आएपछि नगर परिक्रमा गराई स्वागत गर्ने
शुक्रबार, ०८ माघ २०७२, २० : ५३
काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गबन्धु कप विजेता खेलाडी तथा प्रशिक्षकलाई जनही रु पाँच/पाँच लाख दिने घोषणा गरेको छ ।
एन्फाका प्रमखु कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सक गरी २६ जनालाई जनही रु पाँच/पाँच लाख दिने निर्णय भएको बताएका छन् ।
शनिबार दिउँसो विमानस्थल उत्रिएलगत्तै एन्फाले टोलीलाई नगर परिक्रमा गराई दशरथ रङ्गशाला पु¥याएर स्वागत गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।
विजेता खेलाडीलाई जनही रु दुई लाख
राष्ट्रिय खेलकद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बङ्गलादेशमा आज साँझ सम्पन्न बङ्गबन्धु कप विजेता खेलाडीलाई जनही रु दुई लाख पुरस्कार उपलब्ध गराउन सरकारलाई परिषद्का तर्फबाट सिफारिस गरिने बताएका छन् ।
उनले आइतबार खेलकुद मन्त्रालयलाई सो सिफारिस गरिने जानकारी दिँदै भने,“प्रशिक्षक र खेलाडीले रु दुई लाख तथा सहायक प्रशिक्षकलाई रु एक लाख सिफारिस गर्छौँ ।”
उनले आजको जितलाई ऐतिहासिक भन्दै टिमलाई बधाई तथा शुभकामनासमेत दिए । नेपाली टोली शनिबार अपराह्न १ः५० मा काठमाडौँ आइपुग्नेछन् ।
बहराइनलाई पराजित गरि उपाधि चुमेपछि प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री कमल थापालगायत अन्य नेताले पनि राष्ट्रिय फुटवल टिमका खेलाडीहरुलाई बधाइ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण