सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

छ महिनामा वैदेशिक रोजगारीबाट फर्केकामा पाँच जनामा ‘एचआईभी पोजेटिभ’

शनिबार, ०९ माघ २०७२, १४ : २२
शनिबार, ०९ माघ २०७२

पाँचथर -  जनसचेतना कार्यक्रम सञ्चालन गरिएपनि वैदेशिक रोजगारीबाट फर्कनेहरूमा एचआईभी एड्स सङ्क्रमित हुने क्रम रोकिएको छैन । गत साउन यता छ महिनाको अवधिमा पाँच जनामा ‘एचआईभी पोजेटिभ’ देखिएको र उनीहरु सबै वैदेशिक रोजगारबाट फर्केकाहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकातिर वैदेशिक रोजगारले घरबार बिग्रिने समस्या बिकराल बन्दै गइरहेको बेला प्राणघातक रोगबाट सङ्क्रमित भएर आउने युवायुवतीको सङ्ख्या पनि बढ्नुले सामाजिक असुरक्षा देखिएको छ । एक दशक अघिसम्मका जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा वर्ष भरीमा एक/दुई जना मात्रै सङ्क्रमित थिए । कार्यालयका एचआईभी एड्स कार्यक्रमका संयोजक ओमप्रकाश यादवले सङ्क्रमित सबैलाई परामर्शपछि काठमाडौँ पठाइएको बताए । यादवका अनुसार सेन्टरबाट सङ्क्रमितले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दै बाँच्ने अवधि केही बढाउने खालका औषधि नियमित सेवन गरिरहेका छन् । तर दुर्गम पहाडी जिल्लामा यसरी एचआईभी सङ्क्रमित बढ्दै जाँदा वैदेशिक रोजगारीमा जाने युवायुतवीलाई यसबारे सचेनतासम्म जगाइएको पाइँदैन । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप