सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गिरिजाबाबुपछि सबै मिलाएर लैजाने अभिभारा मेरो काँधमा : देउवा

शनिबार, ०९ माघ २०७२, १४ : ३०
शनिबार, ०९ माघ २०७२

चितवन - नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै सबै मिलाएर लैजाने अभिभारा आफ्नो काँधमा आएको बताएका छन् ।

प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको हस्ताक्षर अभियानको शुभारम्भका क्रममा उनले गिरिजाबाबु र आफूले दुई पार्टी मिलाएको स्मरण गर्दै भने, “अब गिरिजाबाबु हुनुहुन्न, पार्टी मिलाएर लैजाने अभिभारा मेरो काँधमा आएको छ ।’’

उनले पार्टीलाई अझ जीवन्त बनाउन आफू सभापतिको उम्मेदवार बन्ने बताउँदै सभापति सुशील कोइरालाले एक पटकका लागि सभापति बन्ने अघिल्लो पटक उद्घोष गरेको जनाए ।

आफू सभापति भएपछि छ महिनाभित्र भातृ सङ्गठनको महाधिवेशन गराउने पनि उनले बताए।

अर्को प्रसङ्गमा नेता नेउवाले सन्त नेता कृष्णप्रसाद भट्टराईकै नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउनुपर्ने बताए ।

कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रतिष्ठान भट्टराईकै नाममा हुनुपर्ने भन्दै अन्यथा कडा आन्दोलनमा उत्रिने बताए ।

युनियनको सङ्कलित हस्ताक्षर भोलि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष पठाइनेछ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप