अभ्यास खेलमा नेपाल यु–१९ टोली पाकिस्तानसँग पराजित
ढाका – अन्डर १९ विश्वकपका लागि बंगलादेशमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा पाकिस्तानसँग १ सय १० रनले पराजित भएको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ९२ रनको लक्ष्य पछ्याइरहेको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८१ रनमा समेटियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरले सर्वाधिक ४२ रन बनाए भने आरिफ शेखले ३५ रनको योगदान दिए । ठूलो योगफल पछ्याइरहेको नेपालको लगातार रुपमा विकेट गुमाइरह्यो । खेल अवधिभर नेपालले आवश्यक रनरेट कायम गर्नै सकेन । पाकिस्तानका लागि समिन गुल, सैफ अली, सदाब खान र अरसल शेखले २–२ विकेट लिए । यसअघि नेपालले टस जितेर पाकिस्तानलाई पहिलो ब्याटिङ गर्न पठाएको थियो । तर, यो निर्णय नेपालका लागि गलत साबित भयो । पाकिस्तानका दुई ओपनरले आफ्नो टोलीलाई राम्रो शुरुवात दिलाए । कप्तान जिसन मलिकले ८३ रन तथा मोहमद उमरले ३१ रन बनाए । त्यस्तै विकेट उमेर मसुदले ५९ रनको योगदान दिए पछि पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९१ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सुशिल कँडेल र प्रेम तामाङले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण