सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बम राखेको आशङ्कामा विमान आकस्मिक अवतरण

शनिबार, ०९ माघ २०७२, १६ : ०९
शनिबार, ०९ माघ २०७२

नयाँ दिल्ली,  । शनिबार बिहान पूर्वीभारतको भुबनेश्वरबाट मुम्बाईतर्फ आइरहेको एक विमानमा बम राखेको समाचार प्राप्त भएपछि मध्यभारतीय राज्य नाग्पुरमा आकस्मिक अवरतरण गर्नुपरेको समाचार छ । भारतको स्थानीय सञ्चार माध्यमले शनिबार नै सो जानकारी दिएको छ । ‘गोएयर’ नामक विमानमा सवार रहेका सबै यात्रुलाई विमानबाट उतारिएको र कोही यस्तो आशङ्कित व्यक्ति उक्त विमानमा नभेटिएको बताइएको छ । भारतमा आगामी २६ जनवरीमा हुन गइरहेको गणतन्त्र दिवस अगाडि आतङ्ककारी आक्रमणबाट बच्नको शतर्कता अपनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप