युनाईटेड सिक्कम विरुद्ध साहाराको २ गोल
कर्मयुग, पोखरा – पोखरामा जारी १४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा युनाईटेड सिक्कम एफसी भारतलाई ० विरुद्ध २ गोल गर्दै पोखराको साहारा क्लब विजयी भएको छ । पोखरा रंगशालामा आज भएको खेलमा भारतको युनाईटेड सिक्कम फुटबल क्लबलाई २ गोल गर्दै साहारा क्लब सेमीफाईनलको यात्रा तय गरेको हो । साहारा क्लबको तर्फबाट खेलको ५९ औँ मिनेटमा जर्सी नम्बर १० का ईल्भाईस आपिच सारोपले साहाराका जर्सी नम्बर १४ का बुद्ध तामाङले दिएको क्रस बललाई हेडमार्फत गोल गरेका हुन् । त्यस्तै दोस्रो हाफकै ८८औँ मिनेटमा साहाराका जर्सी नम्बर ८ का शिव श्रेष्ठ दिएको मिठो पासमा जर्सी नम्बर ११ का शिव सुवेदीले डि एरिया नजिकबाट हानेकोे बलले जाली चुमेको हो । पहिलो हाफमा राम्रो लय प्रस्तुत गरेको युनाईटड सिक्कम फुटबल ल्कबले राम्रो अवसर पाएरपनि बलको सदुपयोग गर्न सकेन । युनाईटेड सिक्कमले खेल सुरु भएको २१ औँ मिनेटमा एन भुटियाले हानेको प्रहार साहाराका गोल रक्षक विनय श्रेष्ठले बचाउँ गरेका थिए त्यस्तै खेलको ८ औँ मिनेटमा पाएको बललाई युनाईटड सिक्कम भारतका खेलाडीले सदुपयोग गर्न भने सकेनन् । पहिलो हाफमा राम्रो खेलको युनाईटेड सिक्कमले दोस्रो हाफमा सोही लय समात्न सकेन । दोस्रो हाफमा आक्रमक बनेको साहारा ल्कबले २ गोल गर्दै आफ्नो विजय सुनिश्चित गरेको हो । आजको खेलको म्यान अफ द म्याच साहाराका शिव सुवेदीले पाए । 'खेलाडीलाई ग्राउण्डले साथ दिएन । हाम्रो ग्राउण्डमा हरियो बाग्लो घाँस हुन्छ । भारत र नेपालको फुटबलमा समेत फरक हुँदा टेक्निकल समस्याको कारणले हार बेर्होनु परेको' युनाईटेड सिक्कम फुटबल क्लब भारतका कोच मिलन लाम्चा कोरजोन राईले बताए । साहाराका कोच किरण श्रेष्ठले भने - 'हाम्रो टीमले पहिलो हाफमा राम्रो गर्न नसकेपनि दोस्रो हाफमा राम्रो खेल्यो । पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको युनाईटेड सिक्कमको खेल बुझ्न सकिएन । अर्को म्याचमा अझै राम्रो गर्ने प्रयासमा छौँ ।' फाईनलमा पुग्ने लक्ष्य रहेको श्रेष्ठको भनाइ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण