सुशासन समितिको सभापतिमा राठौरको एकमात्र उम्मेदवारी
शनिबार, ०९ माघ २०७२, १९ : १५
काठमाडौँ - व्यवस्थापिका–संसद् सुशासन समितिको सभापति पदमा नेकपा (एमाले)का मोहनसिंह राठौरको एकमात्र उम्मेदवारी परेको छ । आज बिहान १० देखि ५ बजेसम्मका लागि उम्मेदवारी दिने समयसीमा तोकिएकामा उनको मात्र उम्मेदवारी परेको हो । कैलालीको प्रतापुर–६ का स्थायीवासी ६१ वर्षीय राठौरको उम्मेदवारीमा नेकपा (एमाले)कै अम्बिका खवास राजवंशी प्रस्तावक र एनेकपा (माओवादी)का अमनलाल मोदी समर्थक रहनुभएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । उम्मेदवारीसम्बन्धी प्रस्ताव समितिको भोलि बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने सूचनामा उल्लेख छ । समितिको सभापति शेरधन राईले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएपछि सो पद खाली भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण