सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सिटी रोकिँदा लिचेस्टर प्रिमियर लिगको शीर्ष स्थानमा

आइतबार, १० माघ २०७२, १० : ४२
आइतबार, १० माघ २०७२

लण्डन – स्टोक सिटीलाई पराजित गर्दै यस सिजनको आश्चर्यजनक टोली लिचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । शनिबार राती सम्पन्न खेलमा लिचेस्टरका ड्यानी ड्रिंकवाटरले खेलको पहिलो हाफको अन्त्यतिर लिचेस्टरलाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा जेमी भार्डी र लियोनार्डो उलोआले गोल गर्दै लिचेस्टरको जीत सुनिश्चित गरे । यसअघि पछिल्ला ५ खेलमा १ मात्र जित निकालेको लिचेस्टरको उपाधि होडमाथि धेरैले प्रश्न उठाएका थिए । शनिबार जीत निकाल्दै लिचेस्टरले आलोचकहरुलाई जवाफ फर्काएको छ । जीतसँगै २३ खेलबाट लिचेस्टरको ४७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ४४ अंक रहेको छ । हिजो राती नै सम्पन्न अर्को खेलमा सिटी वेस्ट ह्यामसँग २–२ गोलको बराबरीमा रोकियो । वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा सिटी पहिलो मिनेटमा नै पछि परेको थियो । एनर भ्यालेन्सियाले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए । तर, खेलको ९ वौं मिनेटमा सर्जियो अगुएरोले पेनाल्टीबाट गोल गर्दै सिटीलाई खेलमा फर्काए । भ्यालेन्स्यिाले खेलको दोस्रो हाफमा अर्को गोल गर्दै वेस्ट ह्यामलाई पुनः अग्रता दिलाए । जिततर्फ अघि बढेको वेस्ट ह्यामविरुद्ध सर्जियो अगुएरोले खेलको अन्तयतिर पुनः अर्को गोल गरे र सिटीलाई महत्वपूर्ण एक अंक दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप