सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मेस्सीको निर्णायक गोलसँग बार्सिलोना लिगको शीर्ष स्थानमा

आइतबार, १० माघ २०७२, १० : ५४
आइतबार, १० माघ २०७२

बार्सिलोना – चोटका कारण मैदान बाहिर रहेका लियोनेल मेस्सी खेलमा फर्किदा बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ह्यामस्ट्रिङमा चोटका कारण कोपा डेल रेको खेल गुमाएका मेस्सी खेलमा फर्किदै निर्णायक गोल गरेपछि बार्सिलोनाले मालागालाई २–१ गोलले पराजित गरेको हो । घाइते रहेका नेयमारको स्थानमा टिममा स्थान बनाएका मुनिर एल हाडिडीले बासिलोनालाई ७० सेकेण्डभित्र गोल गर्दै अग्रता दिलाए । तर, बार्सिलोनाको खराब डिफेन्डिङको फाइदा उठाउँदै जुनापीले गोल गर्दै मालागालाई खेलमा फर्काए । खेलको दोस्रो हाफमा मेस्सीले निर्णायक गोल गरेपछि बार्सिलोनाले जित सुनिश्चित गर्यो । जीतसँगै २० खेलबाट ४८ अंकसहित बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको छ । अर्को हप्ता बार्सिलोनाले एथ्लेटिको म्याड्रिडको आतिथ्य गर्नेछ । उक्त खेल ला लिगाको उपाधि होडमा महत्वपूर्ण मानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप