९ गोलको ‘थ्रिलर’ मा लिभरपुल विजयी, घरेलु मैदानमै हार्यो युनाइटेड
लिभरपुल – एकै खेलमा ९ गोल भएको रोमाञ्चक खेलमा लिभरपुलले अभागी नरविचलाई पराजित गरेको छ । नरविचको गृहमैदानमा भएको खेलमा २ गोलले पछि रहेको स्थिति उल्टाउँदै लिभरपुल ५–४ गोल अन्तरले विजयी भएको हो । शनिबार राती प्रिमियर लिग अन्तरगत भएको खेलमा लिभरपुलका लागि रोबर्टो फर्मिन्होले गोल गर्दै अग्रता दिलाए । तर, त्यसपछि माबोकानी बेजुवा, स्टीभन नेस्मिथ र वेस हुलाँले लगातार गोल गरेपछि नोर्विचले लिभरपुलविरुद्ध ३–१ को अग्रता बनायो । तर, अग्रता बनाएको एक मिनेट नबित्दै जोर्डन हेन्डरसनले गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्याए । त्यसपछि फर्मिन्होले पुनः गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए । खेलको ७५ औं मिनेटमा जेम्स मिल्नरले लिभरपुललाई अग्रता दिलाए पनि खेलको ९० औं मिनेटमा सबेस्टियन बासोङले गोल गर्दै खेल बराबरीमा ल्याए । सबैले खेल अब बराबरीमा सकिने अनुमान लगाएका थिए तर एडम लालानाले अतिरिक्त समयमा गोल गर्दै लिभरपुललाई नाटकीय जित दिलाए । जितसँगै लिभरपुल ३४ अंकका साथ लिगको सातौं स्थानमा रहेको छ । उता, उपाधि होडमा रहेको म्यान्चेस्टर युनाइटेड आफ्नै गृहमैदानमा साउथ ह्याम्पटनबाट पराजित बन्यो । खेलको ८७ औं मिनेटमा अक्तिरिक्त खेलाडीका रुपमा मैदान छिरेका चार्ली अस्टिनले निर्णायक गोल गर्दै साउथ ह्याम्पटनलाई जीत दिलाए । आफ्नै गृहमैदानमा पराजित भएपछि फ्यानहरुले टोली र प्रशिक्षकविरुद्ध नाराबाजी गरेका थिए । पराजयसँगै युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै क्रिस्टिल प्यालेसलाई ३–१ गोलअन्तरले पराजित गर्दै टोटनहम हटस्पर्स लिगको चौंथो स्थानमा कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण