१८ जनाको ज्यान जाने गरी अमेरिकामा शताब्दीकै विशाल आँधी (फोटोफिचर)
वासिङ्टन – पूर्वी अमेरिकामा शुक्रबारदेखि सुरु भएको हिमआँधीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ । आँधीका कारण उक्त क्षेत्रमा बसोबास गर्ने कम्तीमा आठ करोड ५० लाख मानिस प्रभावित भएको ‘नेसनल वेदर सर्भिस’ (एनडब्लुएस) ले बताएको छ । शुक्रबारबाट सुरु भएको हिम आँधी आइतबार बिहानसम्म परिराख्न सक्ने एनडब्लुएसले पूर्वानुमान गरेको छ । अमेरिकाको पूर्वी क्षेत्रमा अवस्थित धेरै ठाउँहरुमा करिब दुई फिटसम्म हिउँ जम्मा हुने र यसका कारण करिब एक लाख मानिसले विद्युत् सेवा प्रयोग गर्नबाट वञ्चित भएका यहाँको सङ्कटकालीन सेवा प्रदायक संस्थाका अधिकारीले बताएका छन् । यद्यपि अमेरिकी टेलिभिजन सिएनएनले एक लाख ३३ हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएको जनाएको छ ।
यस शताब्दीकै ठूलो भनिएको उक्त हिमआँधीका कारण हजारौँ उडान सेवा अवरुद्ध भएका छन् भने उक्त क्षेत्रका सहरी इलाकामा सञ्चालित बस तथा रेल सेवा शुक्रबारदेखि सोमबार बिहानसम्मका लागि बन्द गरिएका छन् ।
अमेरिकामा न्युयोर्कपछिको दोस्रो व्यस्त भूमिगत रेल सञ्जालले वासिङ्टन मेरिल्याण्ड र भर्जिनिया इलाकामा दैनिक सात लाख मानिसलाई सेवा पु¥याउँदै आएको छ ।
पूर्वानुमान गरिएअनुसार नै आइतबारसम्ममा हिउँ पर्न रोकिए पनि यो सन् १९२२ यताकै ठूलो हिम आँधी हुने मौसम विज्ञहरुको दाबी छ । सन् १९२२ मा आएको हिम आँधीका कारण करिब २८ इन्चसम्म हिउँ जमेको र यसका कारण १०० जनाको मृत्यु भएको थियो ।
हिम आँधीका कारण कैयौँ दुर्घटना भएका छन् र यीमध्ये दुई ठाउँमा भएका घटनामा ठूलो क्षति पुगेको, उत्तरी क्यारोलिनाका गभर्नर प्याट म्याककोरीले बताउनुभएको छ । हिमपातका कारण अर्कान्सास, टेनिसी, केन्टुकी, उत्तरी क्यारेलिना, पश्चिमी भर्जिनियालगायत १८ राज्यहरु प्रभावित भएका यहाँको मौसमसम्बन्धी समाचार सम्प्रेषण गर्ने टेलिभिजन प्रसारण च्यानलले बताएको छ ।
उक्त क्षेत्रमा सरकारले सङ्कटकालको घोषणा गरी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा जाने तथा लग्ने प्रबन्ध मिलाएको सिएनएनले बताएको छ ।
हिमपातका कारण एक अर्ब अमेरिकी डलरभन्दा बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण