नेपालका यी कम्पनी जसले दिन्छन् लोभलाग्दो तलब सुविधा
कर्पोरेट क्षेत्रमा एनसेल :
नेपाली कर्पोरेट क्षेत्रमा आफ्ना कर्मचारीहरुलार्ई सबैभन्दा बढी तलब दिने संस्था हो एनसेल । एनसेलमा तल्लो तहदेखि उपल्लो तहसम्म काम गर्ने कर्मचारीको तलब निकै नै लोभलाग्दो छ । एनसेलमा ‘कस्टुमर केयर’ देखि ब्यबस्थापकसम्म सबैको तलब निकै नै लोभलाग्दो छ । एनसेलमा ‘कस्टुमर केयर’ मा दैनिक ३ घण्टामात्र काम गर्नेको औसत मासिक कमाइ १८ हजार भन्दा माथि छ । जबकी १८ हजार कमाउन ‘फुलटाइम’ काम गर्नुपर्ने कम्पनी नेपालमा निकै नै बढी छन् । अझ एनसेलमा उपल्लो तहका कर्मचारीको तलब झन् लोभलाग्दो छ । वित्तीय व्यवस्थापन, बजार ब्यबस्थापन, लेखा लगायतका विभागका प्रमुखहरुले एनसेलमा निकै राम्रो कमाइ गर्छन् । उनीहरुको तलब विभाग हेरेर १ देखि ३ लाखसम्म छ भने अरु थुप्रै सुविधाहरु पनि कम्पनीले दिएको छ । कम्पनीले बाँढ्ने बोनसको रकम अझ मोटो हुने गर्दछ । यसरी कम्पनीले दिएको सम्पूर्ण रकम र सुविधाहरुको हिसाव गर्ने हो भने नेपालमा कर्पोरेट क्षेत्रमा सबैभन्दा राम्रो तलब दिने कम्पनी एनसेल रहेको सरोकारवाला बताउँछन् ।
बैंकिङ क्षेत्रमा स्ट्याण्डर्ड चार्टड :
नेपाली बैंकिंङ क्षेत्रमा आफ्ना कर्मचारीलार्ई अरु बैंकहरुले भन्दा निकै नै राम्रो तलब सुबिधा दिने संस्था भनेको स्ट्याण्डर्ड चार्टड बैंक हो । यसो त बैंकलाई राम्रो तलब सुबिधा दिने संस्थाको रुपमा चिनिन्छ । तर, धेरै बैंकको हकमा उपल्लो तहका कर्मचारीको तलब निकै राम्रो भएपनि तल्लो तहका कर्मचारीको तलब औसत मात्र छ । स्ट्याण्डर्ड चार्टड बैंकमा भने तल्लो तहमा काम गर्ने कर्मचारीको तलब सुबिधा पनि निकै राम्रो छ । स्ट्याण्डर्ड चार्टड बैंकमा सीईओको बार्षिक तलब २ करोड हाराहारीमा छ भने सीईओलाई दिईने अन्य सुबिधा पनि निकै राम्रो छ । स्ट्याण्डर्ड चार्टड बैंकमा काम गर्ने ट्रेलरको तलब पनि ३० हजार हाराहारीमा छ । बैंकमा ब्यबस्थापन तहमा काम गर्ने कर्मचारीको तलब पनि निकै लोभलाग्दो छ । विभिन्न विभागका ब्यबस्थापन प्रमुखहरुको तलब मासिक ३ लाख हाराहारीमा छ । ति विभागमा काम गर्ने अन्य कर्माचारीको तलब सुबिधा पनि निकै राम्रो छ ।
होटल क्षेत्रमा हायत रेजेन्सी :
राम्रो तलब सुबिधा दिने संस्थाहरुमा पाँच तारे होटल पनि एक हो । होटलमध्ये पनि ‘अन्तराष्ट्रिय चेन’ होटल भएकाले होटल हायत रेजेन्सीले आफ्ना कर्मचारीलार्ई दिने तलब सुविधा निकै नै राम्रो छ । व्यवस्थापन विभागतर्फ काम गर्ने कर्मचारीको औसत तलब झन्डै ४ लाखभन्दा माथि छ । होटलमा काम गर्ने कुक, वेटर, हाउसकीपीङमा काम गर्ने कर्मचारी र अन्य कर्मचारीले नेपालका नयाँ होटलको तुलनामा निकै राम्रो तलब पाउने गरेका छन् । अझ होटलको क्यासिनोमा कार्यरत कर्मचारीहरुको तलब त झनै लोभलाग्दो छ । क्यासिनोमा काम गर्ने महिला, बार टेन्डरहरुको तलब पनि बोनस सहित झन्डै लाख रुपियाँ मासिक हुन आउँछ । ‘होटल तथा क्यासिनोमा भने पाहुनाहरुले दिने टिप्स बढी हुने भएकाले र त्यसमा पनि बढी बिदेशी मुद्रा हुने हुनाले कुल तलब बढी आएको हो ।
गैर सरकारी संस्थाहरुमा ‘सेभ द चिल्ड्रेन’:नेपालमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाहरुमध्ये सबैभन्दा राम्रो तलब सुबिधा दिने गैर सरकारी संस्था भनेको ’सेभ द चिल्ड्रेन’ हो । यस संस्थामा काम गर्ने सवारी चालकदेखि लेखा अधिकृत, वा प्रोजेक्ट ब्यबस्थापकसम्मको तलब निकै नै लोभलाग्दो छ । ‘मैले सेभ द चिल्ड्रेनमा कम्प्युटर अपरेटर भएर एक बर्ष काम गरें । मेरो औसत मासिक तलब झन्डै ९० हजार थियो ।’ सेभ द चिल्ड्रेनका एक भूपु कर्मचारीले राटोपाटीलार्ई बताए । उनका अनुसार, लेखा, लेखापरिक्षण, प्रोजेक्ट संचालन जस्ता विभागमा काम गर्ने सामान्य कर्मचारीको मासिक तलब नै १ लाखभन्दा माथि हुन्छ । संस्थामा काम गर्ने उपल्लो तहका कर्मचारीहरुको तलब मासिक ४ लाखभन्दा बढी हुन्छ । आफु हाल अर्को एक गैरसरकारी संस्थामा काम गरेको बताउने उनले नेपालमा गैरसरकारी संस्था मध्ये सबैभन्दा बढी तलब दिने संस्था सेभ द चिल्ड्रेन भएकोमा दुइ मतनै हुन नसक्ने जिकिर गरे ।
शिक्षा क्षेत्रमा चेल्सी इन्टरनेश्नल :
नेपाली शिक्षा क्षेत्रमा निकै नै राम्रो तलब सुविधा दिने संस्थाहरुमध्ये काठमाडौँको चेल्सी इन्टरनेश्नल स्कुल तथा कलेज अगाडी आउँछ । हुन त काठमाडौँका सेट जिभियर्स, सेट मेरिज, जेम्स, लिटिल एन्जल्स, राइ इन्टरनेशनल, मोर्डन इन्डियन लगायतका संस्थाहरुले पनि आफ्ना कर्मचारीलार्ई निकै नै राम्रो तलब सुबिधा दिने गरेका छन् । तर, ति संस्थाहरुमध्ये पनि चेल्सीले आफ्ना कर्मचारीलार्ई दिने तलब बढी छ । चेल्सीमा कर्मचारीहरुले पाउने तलब बाहेकका सुविधा पनि अरुको तुलनामा बढी छ । चेल्सीमा ‘फुलटाइम’ अध्यापन गराउने शिक्षकको तलब नै बार्षिक रुपमा बोनस सहित हिसाव गर्ने हो भने मासिक झन्डै लाख रुपैयाँभन्दा माथि आउँछ । चेल्सीमा अन्य विभागमा काम गर्ने कर्मचारीको पनि तलब निकै नै राम्रो छ ।
मेडिकल क्षेत्रमा नर्भिक :
अस्पतालमा काम गर्ने कर्मचारी शैक्षिक तथा दक्ष जनशक्ति बढी हुनाले पनि अस्पतालका कर्मचारीहरुको तलब सुबिधा राम्रो हुने गर्दछ । त्यसमा पनि ओम, नर्भिक, बिएण्डबि लगायतका अस्पतालहरुमा आफ्ना कर्मचारीलार्ई निकै नै राम्रो तलब सुविधा दिने गरिन्छ । यहाँ काम गर्ने डाक्टरले समेत अन्य अस्पतालमा काम गरेभन्दा बढि तलब पाउँछन् । नर्भिकमा काम गर्ने तल्लो तहका कर्मचारीको तलब पनि अन्य अस्पतालको भन्दा बढि छ ।
उत्पादन क्षेत्रमा बढी तलब दिने कम्पनी धेरै :
उत्पादन क्षेत्रमा भने राम्रो तलब दिने कम्पनी भने बढी छन् । नेपालमा काम गर्ने डाबर नेपाल, सुर्य नेपाल, बरुण वेवरेज, बोटलर्स नेपाल, युनिलिभर नेपाल जस्ता कम्पनीमा निकै नै राम्रो तलब सुविधा छ । यी कम्पनीहरुमध्ये पनि युनिलिभर नेपाल र डाबर नेपालमा काम गर्ने कर्मचारीको तलब निकै नै राम्रो छ । यी कम्पनीहरु मध्ये सुर्य नेपाल, युनिलिभर नेपाल, र डाबर नेपालमा तल्लो तहमा काम गर्ने कर्मचारीकै मासिक ३० हजारभन्दा बढी तलब हुन्छ । उपल्लो तहका कर्मचारीहरुको मासिक औसत तलब ३ लाखभन्दा बढी हुन्छ ।
यी संस्थाहरुमा जागिर खानै गाह्रो :
बढी तलब सुबिधा हुने संघ संथा तथा कम्पनीहरुमा जागिर खान गाह्रो हुनु स्वाभाविक नै हो । अझ त्यसमा पनि माथि उल्लेखित कम्पनीहरुअम जागिर खान निकै नै ठूलो पाप्पड बेल्नुपर्छ । ‘नेपालमा शैक्षिक जनशक्ति बढी हुनु र त्यहि अनुसारको रोजगारीको अवसर नहुनुले हाम्रो कम्पनीमा काम गर्न खोज्नेहरुको संख्या निकै नै बढी हुन्छ ।’ एक ठूला कम्पनीमा कार्यरत एक कर्मचारीले रातोपाटीलाई बताए । यस्तै गैर सरकारी संस्थाहरुमध्येको एक सेभ द चिल्ड्रेनमा काम गर्न बढी अनुभवीलाई प्राथमिकता दिइने हुनाले पनि जागिर खान गाह्रो भएको संस्थाका एक कर्मचारी बताउँछन् ।
र यस्तो पनि :
सामान्य भुइ सफा गर्ने कर्मचारेको तलब कति होला ? हामी सहजै अनुमान लगाउँछौ, न्युन । तर, भारतको हिन्दुस्थान युनिलिभर लिमिटेडमा सामन्य पियनको तलब र भत्ता यहाँको प्रतिष्ठित कम्पनीमा काम गर्नेको भन्दा बढी छ । कम्पनीमा करोड माथि तलब बुझ्ने एक सय ६९ जना प्रबन्धक छन् । १० औं लाख मासिक तलब बुझ्ने थुप्रै छन् । यसको नेपाल शााखामा काम गर्ने कर्मचारीको तलब पनि अपत्यारिलो नै छ । युनिलिभर नेपालमा तल्लो तहमा काम गर्ने एक कर्मचारीले समेत आफ्नो तलब ५० हजार हाराहारीमा हुने बताए । कर्पोरेट दुनियाँमा चार सय भन्दा बढी सिइओ उपलब्ध गराइ सकेको युनिलिभर विश्वभर ‘सिइओ फ्याक्ट्री’ को रुपमा समेत चिनिन्छ । नेपाल सहित विश्वका विभिन्न देश हरुमा साखा बिस्तार गरिसकेको हिन्दुस्थान युनिलिभरले आर्थिक बर्ष २०१४÷१५ मा नौ प्रतिशतको व्यापार बृद्धि गरेको छ । कर्मचारीहरुलार्ई दिने सन्तुष्टी पनि कम्पनीको विस्तारको एक प्रमुख आधार रहेको बिज्ञहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण