बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

संसारकै बूढो बिरालो चिनौं

शुक्रबार, ३१ वैशाख २०७३, ०५ : ५३
शुक्रबार, ३१ वैशाख २०७३

एजेन्सी–अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनका पालामा थाइल्यान्डमा जन्मिएको एउटा बिरोलो संसारकै बूढो ज्यूँदो बिरालो बन्न सफल भएको छ ।

गिनिज विश्व कीर्तिमानले जनाएअनुसार उपहारका रुपमा रेगन प्रशासनले पाएको स्कुटर नामक सो बिरालोको गएको मार्च २६ मा तीसौं वर्ष मनाइयो ।

बिरालो यतिबेला टेक्सास राज्यको म्यान्सफिल्डमा उसको मालिकनीसँग जीवन बिताइरहेको छ ।

‘यो निकै सक्रिय छ,’ बिरालोसँगै वृद्वावस्तातर्फ लम्किरहेकी गेइल फ्लोइडले स्कुटरको लामो आयुको रहस्यका बारेमा बताइन्, ‘सायद सक्रियता नै उसको लामो आयुको कारण हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप