चट्याङका कारण बंगलादेशमा ५० को मृत्यु
ढाका — बंगलादेशमा च्टयांङका कारण पछिल्ला दुई दिनमा ५० भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा अधिकांश किसानहरु छन् । किसानहरुले खेतबारीमा काम गर्दै गर्दा च्टयाङ परेपछि ज्यान गुमाएका हुन् ।
बंगलादेशमा चट्याङका कारण यसअघि पनि यस्ता थुप्रै घटना घट्ने गरेका थिए । तर यसपटक ठूलो संख्यामा मानिसहरुको ज्यान गएको छ । विज्ञहरुले तापक्रममा देखिएको वृद्धीका कारण यस्तो विपद् आइलागेको बताएका छन् ।
बंगलादेशको ढाकामा दुई विद्यार्थीहरु पनि फुटबल खेल्दै गर्दा चट्याङ लागेर ज्यान गुमाएका छन् । गत मार्चयता ९० भन्दा बढीले चट्याङका कारण ज्यान गुमाइसके । यसअघि सन् २०१५ मा वर्षदिनभर ज्यान गुमाउनेको संख्या केवल ५१ थियो ।
बंगलादेशको विपद् व्यवस्थापन आयोगका प्रमुख महोमद्ध रियाज अहमदले ज्यान गुमाउनेको संख्या बढ्दै जानु गम्भिर भएको बताएका छन् । उनले यस महिना फेरि चट्याङ पर्ने संभावना रहेका कारण सर्तक हुन सबैलाई आग्रह गरेका छन् । बंगलादेशमा जूनदेखी सेप्टेम्बरसम्म आँधी–हूरी तथा चट्याङले ठूलो समस्या पार्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण