सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु
काठमाडौँ - सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ भने केही आरोही सम्पर्कविहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी छजना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये भारतीय महिला सुनिता हजारा क्याम्प तीनबाट सम्पर्कमा आएको र उनलाई उद्धार गरी क्याम्प दुईमा ल्याउने प्रयास भइरहेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।
भारतीय नागरिक परेशचन्द्र नाथ, गौतम घोस भने अझै सम्पर्कविहीन छन् । तीन नेपालीको भने परिचय खुल्न नसकेको बताइएको छ ।
घटनाको उद्धारका लागि तालिम प्राप्त शेर्पासहित हेलिकप्टर परिचालन गरिएको छ । सगरमाथा आरोहणका क्रममा अन्य आरोही पनि घाइते भएका छन् ।
आज पनि धेरै आरोही सगरमाथाको चुुचुरोमा पुग्ने र मङ्गलबारबाट सम्भवतः सगरमाथा आरोहण सकिने महानिर्देशक ढकालले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण