रोनाल्डोको किर्तिमानसँगै पोर्चुगल अन्तिम १६ मा
लियोन - क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले हंगेरीसँग बराबरी खेल्दै पर्चुगलले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । समूह एफ को तेस्रो स्थान ओगटेको पर्चुगलले अब क्रोएसियाको सामना गर्नेछ ।
एउटै खेलमा ६ गोल भएको रोमाञ्चक खेल ३—३ को बराबरीमा टुंगिएको थियो । जारी प्रतियोगितामा सबैभन्दा धेरै गोल भएको यस खेलमा अग्रता भने हंगेरीले लिएको थियो । जोल्टान गेराले उत्कृष्ट भलीमार्फत गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन ३ मिनेट बाँकी छँदा रोनाल्डोको पासमा गोल गर्दै नानीले पर्चुगललाई खेलमा फर्काए ।
हंगेरीसँग पराजित भए प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको पर्चुगल दोस्रो हाफको शुरुवातमा नै पछि पर्यो । हंगेरीका कप्तान बालक डुज्याकको फ्रिकिक पर्चुगलको खेलाडीलाई लाग्दै गोलमा परिणत भयो ।
त्यसपछि शुरु भयो नाटकीय १५ मिनेटको खेल जाँहा ४ गोल भयो ।
डुज्याकको गोलको तीन मिनेट पछि रोनाल्डोले उत्कृष्ट ब्याकहिल गोल गर्दै पर्चुगललाई पुनः खेलमा फर्काए । योसँगै उनी लगातार ४ वटा युरोपियन च्याम्पियनसिपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले २००४, २००८, २०१२ र २०१६ को युरोपियन च्याम्पियनसीपमा गोल गरेका छन् ।
त्यसको पाँच मिनेटपछि डुज्याकको प्रहार नानीलाई लाग्दै पुनः गोलमा परिणत भयो । तर, त्यसको ७ मिनेट पछि रोनाल्डोले पुनः गोल गर्दै खेल बराबरीमा ल्याए ।
यसअघि २० वटा प्रयासमा गोल गर्न असफल ३१ वर्षीय रोनाल्डो खेलअघि निकै दबाबमा थिए । तर, आजको खेलमा भने उनले उत्कृष्ट प्रदर्शन गरे ।
१७ पटक युरोपियन च्याम्पियनसीपमा उपस्थिति जनाउँदै उनले एडविन भान डर सार र लिलियन थुरामलाई पनि पछि छाडेका छन् ।
समूहको अन्य खेलमा आइसल्याण्डले अन्तिम समयमा गरेको नाटकीय गोलको मद्दतले अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ । आइसल्याण्ड कुनै पनि ठूलो प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको यो पहिलो अवसर हो ।
आइसल्याण्डको जीतमा जोन डाडी बोडभार्सन र आरनोर ट्राउस्टासनले एक एक गोल गरे भने अलेसान्ड्रो स्कफले एक गोल गरे ।
अस्ट्रियाले पेनाल्टी पाए पनि अलेक्सान्डर ड्रागोविचले त्यसलाई गोलमा परिणत गर्न सकेनन् । जारी प्रतियोगितामा लगातार तेस्रो पटक पेनाल्टीमार्फत गोल हुन सकेको छैन । यसअघि रोनाल्डो र सर्जियो रामोशले पेनाल्टी मिस गरेका थिए । अब आइसल्याण्डले इंग्ल्याण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण