थिएटर मल नाटकघर बन्यो अस्पताल
काठमाडौं – थिएटर मल नाटकघर अहिले अस्पताल बनेको छ । शुक्रबारदेखि सुरु भएको नाटक ‘बेड नं. ९९’ले यो ठाउलाई अस्पताल बनाएको हो ।
‘बेड नं ९९’ नाटक महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिएका हुन् । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्वहरु मार्फत कथा दृश्यमा उतारेका छन् ।
नाटकमा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशिला लक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केसव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जन लगायतले अभिनय गरिरहेका छन् ।
‘बेड नं ९९’ नाटक एक लोग्नेको कथा हो । जसले संगैको अर्को बेड नं ९८ को कथा बोल्छ बोलेको छ । नाटकले मनोरोगीको उपचार विधिलाई रोचक ढंगले प्रस्तुत गरेको छ । नाटक बुधबारबाहेक माघ २९ सम्म हरेक साँझ ५ः०० बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १ः३० बजे अतिरक्ति शो पनि राखिएको छ ।
– फरक फरक प्रस्तुति र विषयमा नाटक मञ्चन गर्ने थिएटर मलले यो पटक थिएटर आकारसँगको सहकार्यमा यो नाटक प्रस्तत गरेको थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले बताए ।
– नाटक मञ्चनपछि कथाकार शाहले कथाभित्रको कथालाई वास्तविकताको रुप दिने एक सशक्त विधा रहेको बताउँदै पात्रहरु शरीर उभिएर र हावभाव गर्दा रोमाञ्चित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण