इन्डोनेसियाका पूर्वमन्त्री पक्राउ
बिहीबार, १३ माघ २०७३, १६ : ४५
जाकर्ता - इन्डोनेसियाका एकजना पूर्वमन्त्रीलाई घुसखोरी गरेको अभियोगमा प्रहरी गिरफ्तार गरेको छ । हाल संवैधानिक अदालतमा न्यायाधीशका रुपमा कार्यरत पट्रिअलिस अकबर सन् २००९ देखि २०११ सम्म कानुन तथा मानवअधिकार मन्त्री बन्नुभएको थियो ।
उनी तत्कालीन राष्ट्रपति सुशीलो बाम्बाङ युधोयोनो नेतृत्वको सरकारमा मन्त्री भएका थिए। उनलाई बुधबार पश्चिमी जाकार्ताको एक होटलबाट नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् ।
राष्ट्रिय सुरक्षा फौजका प्रमुख अगुस राहार्दजोले पट्रिअलिस संलग्न भएका विभिन्न घटनाका बारेमा बुझन उनलाई नियन्त्रणमा लिएको बताएका छन् ।
अगुसले बुधबार भने, “उहाँलाई पक्राउ गरेपछिको घटना क्रमका बारेमा हामी चाँडै नै जानकारी गराउने छौँ ।” अहिले उनीअनुसन्धानकै क्रममा रहेकाले उनका बारेमा केही भन्न नमिल्ने पनि अगुसले जानकारी दिए।
पूर्वसांसद र प्रभावशाली नेता समेत रहेका पट्रिअलिस अहिले कडा सुरक्षा नियन्त्रणमा परेको संवाददाताले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण