चार दिनको अन्तरालमा लगातार दोस्रो प्रतियोगिताबाट बाहिरियो लिभरपुल
लिभपरपुल – च्याम्पियनसिप टोली वुल्भससँग स्तब्ध हुँदै लिभरपुल एफए कपबाट बाहिरिएको छ । उता, जीतसँगै वुल्भस प्रतियोगिताको पाँचौ चरणमा प्रवेश गरेको छ ।
रिचार्ड स्टेयरमानले पाहुना टोलीलाई ५३ सेकेण्डमा नै अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अन्त्यतिर आन्द्रेस विइमानले अर्को गोल गर्दै वुल्भसको अग्रताको दोब्बर बनाए ।
खेलको अन्त्यतिर डिभोक ओरिजीले गोल गर्दै अन्तिम ५ मिनेटलाई खेल रोमाञ्चक बनाए पछि हार भने जोगाउन सकेनन् ।
चार दिनको अन्तरालमा कप प्रतियोगितामा जर्गन क्लपको टोलीको यो दोस्रो पराजय हो । यसअघि, बुधबार इएफएल कपको सेमिफाइनलमा लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको थियो ।
लगातार दोस्रो प्रिमियर लिगको टोलीलाई पराजित गर्दै वुल्भस भने सन् २००८ पछि पहिलो पटक एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।
नयाँ वर्षको शुरुवातसँगै लिभरपुलले जनवरीमा खेलिएका ८ खेलमध्ये मात्र एक खेल जितेको छ ।
सन् २०१२ पछि घरेलु मैदानमा लगातार तीन खेल हारेको लिभरपुलले पहिलो पटक हो । क्लपले भने सन् २००७ पछि पहिलो पटक आफ्नो घरेलु मैदानमा लगातार तीन खेल हारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण