अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा, ६.१ मेगावाट प्रसारण लाइनमा जोडिने
इलाम - मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ ।
रु ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए।
अप्परमाईबाट निस्किएको पानी सुलुबुङ–३ र ७ नंबाट सुरुङ र पेनस्टक पाइपबाट विद्युत् उत्पादन गरिने जनाइएको छ । अप्परमाईको पावरहाउस नजिक हेडबक्सबाट ९६० मिटरको टनेलबाट विद्युत् उत्पादनको तयारी गरिएको प्रधानले बताए ।
अप्परमाई उत्पादित ९.९८ मेगावाट विद्युत् यसअघि नै उक्त करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको र क्यासकेड आयोजनाबाट समेत उत्पादित विद्युत् करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिए ।
क्याम्पसले लगाएको पुराणमा पन्ध्र लाख सङ्कलन
क्याम्पस दिगो सञ्चालनका लागि दानाबारीस्थित गरूवा बहुमुखी क्याम्पसमा लगाइएको श्रीमद्भागवत धान्याञ्चल सप्ताह महायज्ञबाट रु १५ लाख सङ्कलन भएको छ ।
क्याम्पसको दिगो आर्थिक स्रोत व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको पुराणमा रु एक हजारदेखि रु एक लाखसम्म दान गरेका छन् ।
पुराणबाट उठेको रकम अक्षयकोषमा जम्मा गरिने र कोषलाई रु एक करोड पु¥याउने लक्ष्य रहेको क्याम्पस प्रमुख तारानाथ खनालले बताए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पस २०६४ सालमा स्थापना भएको हो । सो क्याम्पस अहिले विद्यार्थीबाट उठेको शुल्क, स्थानीय सामुदायिक वनबाट प्राप्त हुँदै आर्थिक सहयोग र त्रिविविबाट प्राप्त हुने रु तीन लाख ९० हजार अनुदानबाट सञ्चालन हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण