मन्त्री पाण्डेलाई पितृशोक
आइतबार, १६ माघ २०७३, १४ : ०३
काठमाडौँ - भूमिसुधार तथा व्यवस्थामन्त्री बिक्रमबहादुर पाण्डेका पिता चन्द्रराज पाण्डेको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
उच्च रक्तचाप र मधुमेहरोगबाट पीडित पाण्डेको बूढानीलकण्ठस्थित आफ्नै निवासमा बिहान करिब ५ बजे निधन भएको उनको परिवारले जनाएको छ ।
कालिका कन्स्ट्रक्सन प्रालिका संस्थापकसमेत रहेका पाण्डे समाजसेवाका क्षेत्रमा पनि सक्रिय थिए । स्व. पाण्डेको चार छोरा छन् ।
स्व. पाण्डेप्रति श्रद्धाञ्जलि दिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, केन्द्रीय अध्यक्ष कमल थापालगायत बूढानीलकण्ठ पुगेका थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका नेता जनक पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण