टेलिकम कप माघ १८ देखि
काठमाडौँ - सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपालको आयोजनामा दशौँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता नेपाल टेलिकम कप–२०७३ यसै साता हुने भएको छ ।
सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही माघ १८ देखि २० गतेसम्म हुने आयोजक सङ्घका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी दिए ।
प्रतियोगितामा पुरुष भलिबल, टेबल टेनिस र बुद्विचाल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन् । भलिबलमा नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा राष्ट्रिय वाणिज्य बैंकबाट सहभागिता जनाइएको छ ।
त्यसैगरी नेपाल टेलिभिजन, नेपाल एसबिआई बैंक, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र उदयपुर सिमेन्ट लिमिटेडले टेबल टेनिस र बुद्विचालमा भाग लिने आयोजकका अध्यक्ष आचार्यले बताए ।
टेबल टेनिस र बुद्विचालमा सहभागी अन्य संस्थामा ललितपुर उप–महानगरपालिका, नेसनल ट्रेडिङ सेन्टर, सांस्कृतिक संस्थान, नेपाल आयल निगम, सिदार्थ बंैक र कृषि विकास बैंक छन् । प्रतियोगितामा महिला पुरुष गरी कुल २४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आठ स्वर्ण, आठ रजत तथा १४ कास्य गरी ३० पदकका लागि प्रतिस्पर्धा हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा हुनेछ भने टेबल टेनिस र बुद्विचाल लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालनमा रु सात लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण