नागढुङगामा गाडिको ठक्करबाट स्कुटरमा सवार १ महिलाको मृत्यु,२ जना घाइते
आइतबार, १६ माघ २०७३, ०८ : १७
काठमाडौँ – काठमाडौंको नागढुङगामा गाडिको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट बट्टार–४ कि ३१ बर्षिया अप्सरा भट्ट रहेकी छिन् ।
दुर्घटनामा परी घाइते भएकी उनको उपचारका क्रममा स्टार अस्पताल सानेपामा मृत्यु भएको हो । घाइते भएका ४१ बर्षिय विष्णु भट्ट र ७ बर्षिय अजित भट्टको सोहि अस्पतालमा उपचार भैरहेको छ ।
आज अपरान्ह् सवा ४ बजे काठमाडौंबाट धादिङ्गतर्फ जांदै गरेको बा ३ ख ७५५३ नम्बरको डिब्बा गाडिले उनीहरु सवार बा ७२ प ९१५३ नम्बरको स्कुटरलाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण