बार एशोसिएसनद्वारा चरणबद्ध आन्दोलनको घोषणा
काठमाडौँ – नेपाल बार एशोसिएसनले उच्च अदालतमा न्यायाधीस नियुक्तिको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
संविधान र कानुनको ठाडो उंलघन गरी उच्च अदालतमा न्यायाधीस नियुक्ति गरिएको भन्दै त्यसको विरोधमा निरन्तर दबाब दिदै आएको बारले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
बार एशोसियसनले आईतबार विज्ञप्ती जारी गरि सोमबार देखि आन्दोलन गर्ने जनाएको छ । न्यायधिस नियुक्ती गैरसंबैधानिक र गैरन्यायिक भएको भन्दै सोमबार सम्पुर्ण कानुन व्यवयासीलाई त्यसबारेमा जानकारी गराउने, १८ गते कालो पट्टी बाधेर काम गर्ने, १९ गते १० बजे देखि १ बजे सम्म मुलुकभरका सबै इजलासमा वहस पैरवी बन्द गर्ने लगायत छन् । त्यसैगरी बारले एमिक्युस क्युरीमा बहस पैरवी गर्न नपठाउने निर्णय पनि गरेको छ ।
न्यायाधीस नियुक्ती गर्दा संविधान र कानुन मिच्नुको साथै प्रक्रिया पद्धतीको उलंघन गरिएको ,जनताको अपेक्षा भन्दा बाहिर गई निर्णय गरिएको तथा सो क्रममा नेपाल बारको अस्तित्वलाई समेत अस्वीकार गरिएको आरोप बारले लगाउदै आएको छ ।
बारले न्यायाधीस नियुक्ति असंबैधानिक भएको भन्दै ध्यानाकर्षण बुझाउन जादा प्र्रधान न्यायाधिसले समय नदिएर सिंगो बार एशोसियनको अस्तित्वको अवमुल्यन गरेको आरोप पनि लगाएको छ ।
संविधानले निदृष्ट गरेको भुमिका निर्वाह गर्नबाट प्रधान न्यायाधीस पछि हटेको, न्यायीक स्वभिमान कायम गर्न नसकेको तथा सर्वोच्च अदालतलाई निर्देशित न्यायपालिका बनाउन खोजेको दाबी बारले गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण