ट्रकको ठक्करबाट साइकिलयात्रीको मृत्यु, आगोले जलेर सुत्केरीको निधन
राजविराज - पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको तेरहौता गाविस–६ मा आईवार ट्रकको ठक्करबाट एक साइकिलयात्रीको घटना स्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृत्यु हुनेमा सितापुर–४ (सप्तरी) का करिब ६० वर्षीय बच्चु चौधरी रहेका छन् ।
पश्चिम पूर्वतर्फ गईरहेको ना४ख १८० नम्वरको ट्रकले सोहि दिशातर्फ साईकिल चढेर गईरहेका चौधरीलाई ठक्कर दिएको प्रहरी निरिक्षक विजय श्रेष्ठले बताए । ट्रकका चालक फरार भएको कारण उनको खोज तलाश भईरहेको श्रेष्ठले जानकारी दिए ।
आगोले जलेर सुत्केरीको मृत्यु
त्यस्तै सप्तरीको छिन्नमस्ता गाविस–१ मा एक सुत्केरी महिलाको आईतवार जिउमा आगो लागेर मृत्यु भएको छ ।
वर्ष २४ की आशादेवी मण्डलको घुरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्किएपछि उपचारको क्रममा मृत्यु भएको हो ।
उनी १६ दिनकी सुत्केरी रहेकी र बच्चासहित घुर ताप्न बस्दा गम्भिर रुपले जलेकी थिईन् ।
जिउभरि आगो लागेर गम्भिर अवस्थाकी उनलाई उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी निरिक्षक विजय श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण