गेसोले ९ बुँदे सरोकार सहित माओवादीलाई ज्ञापनपत्र बुझायो
काठमाडौं - व्रिटिस गोरखाहरुको न्यायको लागि लडिरहेको संस्था गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले ९ बुँदे सरोकार सहित नेकपा माओवादी केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ ।
गेसोले नागरिकता, ऐतिहासिक अन्यायको आधारमा पेन्सन र क्षतिपूर्ति, समान पेन्सन, गोरखाका सन्तानहरुलाई विनार्शत र विनाशुल्क आवासीय अधिकार, कटौतीमा परेका भूतपूर्व सैनिकहरुलाई पेन्सन लगायतका मुद्दा सहित ज्ञापन पत्र बुझाएको हो ।
आइतबार माओवादी केन्द्रका उपाध्यक्ष एंव विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई गेसो सभापति कृष्णकुमार राईको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
गेसो सभापति राईले ज्ञापनपत्र बुझाउदै गोरखाहरुको अधिकारकको लागि नेपाल सरकार र पार्टीको तर्फबाट पहल गरीदिन आग्रह गरे ।
गेसोले गोरखा सैनिकहरुका विधुवालाई पेन्सन र नेपालमा रहेका भूतपूर्व व्रिटिस सैनिकरुलाई बेलायत सरहको स्तरीय स्वास्थ्य सुबिधा मागहरु पुरा गराउनका लागि द्धिपक्षीय रुपमा कुटनीतिक पहल गरीदिन आग्रह गरेको छ । पूर्व परराष्ट्र तथा उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठलाई गेसोले गोरखाहरु माथि भएको ऐतिहासिक अन्याय र जारी अन्यायको क्षतिपूर्ति हुने गरी बेलायत र नेपालविच द्धिपक्षीय सम्झौताको लागि पहल गरीदिन पनि आग्रह गरेको छ ।
यसैगरी गेसोले गोरखा सैनिकहरुले अवकाश प्राप्त गरेपछि पाउने पेन्सन ‘भारतीय रिर्जव बैंक’ मार्फत नेपाल पठाइने गरिएको भन्दै सिधैं नेपाल पठाउन माग गरेको छ । भनेको छ, ‘यसले गोरखा सैनिकहरुलाई मात्रै होइन मुलुकको अर्थतन्त्र र स्वाधिनतामा समेत आँच आउने काम गरेको छ ।
यो गोरखा सैनिकहरु माथिको अन्याय त हुदै हो सार्वभौम मुलुक माथिको अपमान पनि हो तसर्थ, गोरखा सैनिकहरुले पाउने पेन्सन सिधैं नेपाल राष्ट्र बैंकमा पठाउनु पर्छ भन्ने हाम्रो मान्यता र माग रहेको छ ।’
प्रतिउत्तरमा नेता श्रेष्ठले गेसोले उठाइरहेको मुद्दा राष्ट्रिय स्वाभिमानसँग जोडिएको भन्दै पार्टीको तर्फबाट सहयोग गर्ने बताए । सरकारले उठाउनु पर्ने मुद्दा र गर्नुपर्ने पहल गेसोले गरेको भन्दै प्रशंसा समेत गरे । उनले गोरखा आन्दोलनबाट महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै आगमी दिनमा हुने आन्दोलनमा सरकारको तर्फबाट समेत सहयोग हुनुपर्ने बताए । गेसोले उठाएको माग र सरोकारहरुको बिषयमा पार्टी र सरकारसँग छलफल गरेर पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण