रोनाल्डोको प्रेरणामा रियललाई शीर्ष स्थानमा ४ अंकको अग्रता
म्याड्रिड – बार्सिलोना र सेभिया दुवैले अंक गुमाएको फाइदा उठाउँदै रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।
रियलको जीतमा नायक बन्दै क्रिस्टियानो रोनाल्डोले एक गोलको अवसर सृजना गरे भने एक गोल गरे ।
रोनाल्डोको पासमा माटेयो कोभाचिचले खेलको ३८ औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा सोसिडाडका गोलकिपर जेरोनिमो रुलीलाई चिप गर्दै रियलको अग्रता दोब्बर बनाए । पछिल्ला १३ खेलमा रोनाल्डोको यो १३ औँ गोल हो ।
खेलको ७४ औँ मिनेटमा सोसिडाडका इनिगो मार्टिनेज रातो कार्ड खाँदै बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो ।
त्यसपछि अल्भारो मोराटाले लुकास भाजक्वेजको क्रसलाई गोलमा परिणत गर्दै रियललाई सहज दिलाए ।
यो हप्ता शीर्ष चारमा रहेको टोलीमध्ये जीत हासिल गर्ने रियल एक मात्र टोली बन्यो ।
बार्सिलोना रियल बेटिससँग रोकियो भने सेभिया इस्पानियोलसँग पराजित भयो भने एथ्लेटिको अलाभेससँग गोलरहित बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण