बुम्राहको उत्कृष्ट अन्तिम ओभर, इंग्ल्याण्ड ५ रनले हार्यो
सोमबार, १७ माघ २०७३, ०९ : ३९
नागपुर – जस्प्रित बुम्राहले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि सनसनीपूर्ण खेलमा भारतले इंग्ल्याण्डलाई ५ रनले पराजित गरेको छ । जीतसँगै भारतले टी–२० श्रृंखला १–१ ले बराबरी गरेको छ ।
अन्तिम ओभरमा जीतका लागि मात्र ८ रन चाहिएको अवस्थामा बुम्राहले जो रुट र जस बटलरलाई आउट गरे भने मात्र दुई रन खर्चिए । जो रुट भने अम्पायरको गलत निर्णयको शिकार बने ।
३८ रन बनाएका बेन स्टोकले इंग्ल्याण्डलाई भारतले प्रस्तुत गरेको १४५ रनको लक्ष्य तर्फ अगाडी बढाइरहेको बेलामा उनी आशिस नेहराको बलमा आउट हुन पुगे । उनले खेलमा २८ रन दिँदै ३ विकेट लिए ।
यसअघि भारतका लागि ओपनर के एल राहुलले ४७ बलमा ७१ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।
म्यान अफ द म्याच जस्प्रित बुमराह घोषित भए ।
अब निर्णायक खेल बुधबार बैंग्लोरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण