स्वाइन्सटाइगर फर्किँदा युनाइटेड एफए कपको पाँचो चरणमा
म्यान्चेस्टर – झण्डै एक वर्षपछि म्यान्चेस्टर युनाइटेडका लागि पहिलो खेल खेलेका बास्टिन स्वाइन्सटाइगरले एक गोल गर्दै अर्को गोलका लागि अवसर सृजना गरेपछि विगनलाई हराउँदै एफए कपको अर्को चरणमा प्रवेश गरेको छ ।
स्वाइन्सटाइगरको क्रसमा गोल गर्दै पहिलो हाफको अन्त्यतिर मारोएन फेलानीले युनाइटेडलाई अग्रता दिलाए ।
चौँथो चरणको खेलको दोस्रो हाफमा भने २४ मिनेटको अन्तरालमा विगनले ३ गोल खाएको थियो । क्रिस स्मालिङ, हेरेनिक मिखितारियन र स्वाइन्सटाइगरले गोल गरेपछि युनाइटेडले ४–० को सहज जित दिलाए ।
खेलपछि युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले आफ्नो टोली जितको हकदार भएको बताए ।
‘पहिलो हाफ हामीले त्यति राम्रो खेलेनौँ तर हामीसँग १–० को अग्रता थियो । दोस्रो हाफमा भने हामीले उत्कृष्ट खेल्यौँ । र, हामी अन्तिम १६ मा छौँ । म खुसी छु ।’
मोरिन्होको नेतृत्वमा युनाइटेडले ६ खेलमा ४ वा सोभन्दा बढी गोल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण