राष्ट्रपति पद सम्हालेको ११ दिनमा ट्रम्पविरुद्ध ४२ मुद्दा
वासिङटन – व्यवसायी डोनाल्ड ट्रम्पका लागि अदालती मुद्दा कुनै नौलो विषय थिएन । ओभल अफिसमा छिर्न अघि उनीविरुद्ध कयौँ मुद्दाहरु थिए । यौन शोषणदेखि लगानीकर्ता र आफ्नो विश्वविद्यालयका विद्यार्थीहरुलाई ठगेकोसम्म मुद्दाहरु उनीमाथि लागेको थियो ।
व्यवसायीबाट अमेरिकी राष्ट्रपतिको पद् सम्हालेपछि पनि यो कुरामा खासै परिवर्तन आएको छैन ।
पद्भार सम्हालेको ११ दिनमा उनले आप्रवासी र शरणार्थीमाथि प्रतिबन्धदेखि विभिन्न विवादास्पद निर्णय गरेका छन् । जसको कारण अमेरिकी राष्ट्रपतिलाई विपक्षी बनाउँदै मुद्दाहरु दायर भएका छन् । धेरैले उनको व्यवसाय र निजी फाइदाका लागि यस्तो कदमहरु चालिरहेको अरोप लगाएका छन् ।
ट्रम्प र उनका प्रतिनिधिहरुले पटक–पटक प्रतिबन्धको प्रतिरक्षा गर्दै आएका छन् ।
गत महिना उनले आफ्नो व्यवसाय छोराहरुले सञ्चालन गर्दै आएको ट्रस्टमा परिणत गर्ने घोषणा गरेका थिए ।
तैपनि मंगलबारसम्म ट्रम्पविरुद्ध ४२ वटा मुद्दाहरु दर्ता भइसकेका छन् । उता, बाराक ओबामाविरुद्ध ११ दिन ११ वटा मुद्दाहरु मात्र परेका थिए । जसमध्ये केही ओबामा अमेरिकी नागरिक नै नभएका कारण अमेरिकी राष्ट्रपति बन्न आयोग्य रहेको भन्ने थियो ।
ट्रम्पविरुद्ध भर्जिनिया, सान फ्रान्सिस्को, टेक्सास, वासिङटन, पेन्सिल्भेनिया, म्यासेचुसेट्स, न्युयोर्क लगायत राज्यमा ट्रम्प विरुद्ध मुद्दाहरु दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण