रिचार्ज पसलबाट यसरी बिक्छन् युवतीका मोवाइल नम्वर
दिल्ली– भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा अनौठो समाचार प्रकाशित भएको छ ।
समाचारका अनुसार उत्तर प्रदेश प्रहरीको भनाई अनुसार त्यहाँ युवतीहरुको मोवाइल नम्वर खुलेआम बिक्री भैरहेको छ ।
मोवाइल फोन रिचार्ज गर्ने पसलबाट युवतीहरुको मोवाइल नम्वर विक्री हुने गरेको छ । दावी गरिएको छ कि युवतीको उमेर र सुन्दरता हेरेर उनको नम्वरको दाम लगाइन्छ ।
किन्नेहरुले यी नम्वरको प्रयोग युवतीलाई जिस्काउनका लागि गर्दछन् ।
पत्रिकाका अनुसार महिला प्रहरी हेल्पलाइन १०९० मा आएको उजुरीपछि यस्तो गिरोहको पर्दाफाश भएको हो ।
रिचार्ज गर्ने पसलेले राम्री युवतीको नम्बर ५ सय रुपैयाँमा र ठीकठाक देख्ने युवतीको नम्बर ५० रुपैयाँमा बिक्री गर्ने गरेको उल्लेख छ ।
पत्रिकाका अनुसार महिला हेल्पलाइनमा १५ नोभेम्वर २०१२ देखि ३१ डिसेम्बर २०१६का बीच कुल ६ लाख ६१ हजार १ सय २९ उजुरी दर्ता गराइएको छ ।
यसमा ५ लाख ८२ हजार ८ सय ५४ उजुरी टेलिफोनमा जिस्काउनेका विषयमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण