चाम्लिङ खाम्बातिमले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने
शुक्रबार, २१ माघ २०७३, ०९ : ३४
काठमाडौं - किरात राई चाम्लिङ खाम्बातिमले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । खाम्बातिमले माघ २५ गते विविध कार्यक्रम गरी १५औं स्थापना दिवस मनाउने भएको हो ।
उसले स्थापना दिवसको अवसरमा चाम्लिङ भाषामा हाजिरीजवाफ प्रतियोगिता, चाम्लिङ भाषामा अध्ययनरतमध्ये उच्चतम अंक ल्याउनेलाई नगद पुरस्कार र सांस्कृतिक कार्यक्रम गर्ने किरात राई चाम्लिङ खाम्बातिम कार्यवहाक अध्यक्ष ज्ञानबहादुर राई ‘गेन’ ले जानकारी गराए ।
कार्यवहाक राईका अनुसार हाजिरीजवाफ प्रतियोगिता विजेतालाई नगद पुरस्कार दिनुका साथै खाम्बातिममा रचनात्मक तथा उल्लेखनीय योगदान गर्नेलाई विशेष सम्मान गरिनेछ ।
खाम्बातिमले किरात मुन्दुम (दर्शनशास्त्र) सृष्टिकथा भाग–१, होसुङ (संस्कार) र चाम्लिङ जर्नल प्रकाशित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण