कर्णाली विकासमा १० बर्षे गुरुयोजना प्रस्तुत
काठमाडौं –कर्णाली विकास आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष डा. चन्द्रकान्त पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेटगरी गुरुयोजनाको खाका बुझाएको हो । भेटमा आयोगका पदाधिकारीहरुले कर्णाली विकासको १० वर्षे गुरुयोजनाबारे प्रधानमन्त्रीलाई मौखिक अवगत समेत गराएका थिए ।
प्रधानमन्त्रीसगको भेटपछि आयोगका अध्यक्ष पौडेलले यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जडीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवद्र्धन र कृषिमा लगानीजस्ता सवालहरु कर्णाली विकासका प्रमूख चुनौतिको रुपमा रहेको बताउँदै आयोगले बनाएको गुरुयोजना कार्यान्वयन भए कर्णालीको गरिब १० वर्षमा २१ प्रतिशतमा झार्न सकिने प्रक्षेपण गरिएको बताए ।
कर्णाली आयोगको गुरुयोजना बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासबारे गम्भिर भएर गुरुयोजना तयार गरेको भन्दै प्रधानमन्त्रीले आभार प्रकट गरे ।
प्रधानमन्त्रीले आयोगको गुरुयोजना अध्ययन गरेर मन्त्रीपरिषद बैठकमा यसबारे थप छलफल गर्ने र प्रस्तावित योजना कार्यान्वयनका लागि मन्त्रालयलाई प्राथमिकतामा राखेर योजना कार्यान्यवन गराउने आश्वसन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण