डोल्पाका कृषकलाई आलुको विऊ अभाव
डोल्पा– डोल्पाका कृषकहरुलाई यसबर्ष ‘बिउ’ आलुको अभाव भएको छ । गत बर्षको खडेरीका कारण जिल्लाभर आलु उत्पादन घटेपछि यसबर्ष बिउ समेत नपाईने अवस्था आएको हो । खडेरीले गर्दा आलुका लागि पकेटक्षेत्र मानिने त्रिपुराकोट ,दुनै, माझफाल,काईगँउ लगायतका गाविसहरुमा समेत आलु उत्पादन राम्रो नभएकाले पनि बिउको समस्या भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।
‘आलु लगाउने समय आईसक्यो,आलुको बिउ अझै पाईएको छैन् गतबर्ष गाँउतिर बाट ल्याउथ्यौ,आलुका लागि प्रख्यात ठाँउमा समेत आलु पाँईदैन्,अब बिउ कहाँ पाउने हो ?’ त्रिपुराकोट—२ कि भगवती पहाडीले भनिन् ।‘यसपाली कतै बिउ अभाबमा आलुबारीहरु बाँझैराख्नुपर्ने होकी भन्ने चिन्ता बढेको छ ।’
कृषकहरुले पैसाको लोभमा बिउनै नजोगाएर बेच्ने गरेकाले पनि हरेकबर्ष बिउ आलुको समस्याहुने गरेकोे बताईएको छ ।
‘निरन्तर कार्यक्रम अन्र्तगत यसबर्ष पनि २ हजार दाना(काड्रिनल)जातको आलुको बिउ मगाईएको छ,सबैलाई नपुग्ने भएकाले आलुको पकेटक्षेत्र मानिने दुनै र रसीका २० जना किसानलाई १ सय दानाका दरले प्रतिदाना २५ रुपैँयामा फागुन १५ बाट बिक्रिगर्ने कार्यक्रम रहेको छ’ कृषि योजना अधिकृत भानुभक्त भट्राईले बताए ।
‘पाँचबर्ष सम्म निरन्तर उत्पादन गर्न बाँडिएको आलु बिउ किसानहरुले स्थानिय बजारहरुमा बेच्ने गरेपछि जोगाउन सकिएको छैन्,बिउ उत्पादनलाई दिगो बनाउन यसबर्ष ईमान्दार कृर्षकहरुलाई मात्र छनोट गरेर वितरण गरिने कार्यक्रम छ’उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण