‘राप्ती म्युजिक अवार्ड– २०७३’का लागि आवेदन खुल्यो
काठमाडौं –‘पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७३’को लागि आवेदन खुल्ला गरिएको छ । समाजले विभिन्न ३२ विधामा पुरस्कार बितरणमा गर्न लागेको हो । यीमध्य केही बिधा राप्ती अञ्चलका कलाकारलाई मात्रै दिइनेछ ।
०७२ माघदेखि ०७३ माघभित्र प्रकाशित एल्वम वा गीतले मात्र अवार्डमा सहभागिता जनाउन सक्नेछन । अवार्डमा सहभागी हुन निश्चित शूल्क बुझाउनु पर्ने हुन्छ । भोटिङ र निर्णायक मण्डलको अन्तिम निर्णयका आधारमा समाजले विजेतालाई अवार्ड दिनेछ ।
माघ मसान्त आवेदन भर्न सकिने अवार्डको सर्वोत्कृष्ट नव प्रतिभा राप्तीका लागि राप्ती अञ्चलले मात्रै सहभागिता जनाउने पाउनेछ । अरु विधामा भने मुलुकभरिका सबैले सहभागिता जनाउन पाउनेछन् ।
[caption id="attachment_114310" align="alignleft" width="635"] SAMSUNG CSC[/caption]सर्वोत्कृष्ट राष्ट्रिय गीत, सर्वोत्कृष्ट लोक दोहोरी गायक, सर्वोत्कृष्ट दोहोरी गायक/गायिका, चलचित्र, नायक÷ नायिका, गायक/गायिका, रचनाकार, संगीतकार, मोडल, नृत्य, छायाँकार, सुगमसंगीत आदि विधामा पुरस्कार दिइनेछ ।
– प्रत्येक वर्ष समाजले राष्ट्रियस्तरको पुरस्कार वितरण गर्दै आएको छ ।
– पुरस्कारको गरिमालाई बढाउन निर्णायकमण्डललाई विशेष अधिकार दिइने अध्यक्ष शर्माले बताए ।
– काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा चैत अन्तिम साता हुने अवार्ड कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन समाजले तयारी गरिरहेको अध्यक्ष शशि शर्मा मजगैँयाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण