हात्तीको आक्रमणबाट वृद्धको मुत्यु
शुक्रबार, २१ माघ २०७३, १४ : ३९
कञ्चनपुर - जङ्गली हात्तीको आक्रमणमा परी कञ्चनपुरको पुर्नवास नगरपालिका– १ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको आज बिहान मृत्यु भएको छ ।
भारतीय दूधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले बताए ।
उनका अनुसार रोजगारका लागि बिहानै भारततिर गइरहेको बेला हात्तीले उनीमाथि आक्रमण गरेको थियो । सुनारसँगै रहेका अन्यले भने भागेर ज्यान जोगाएका थिए ।
हात्तीको आक्रमणबाट यसअघि एकजना महिलाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण