प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखेर गाविस सचिव आन्दोलनमा
शुक्रबार, २१ माघ २०७३, १४ : ४०
नेपालगन्ज - कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखेर बाँके जिल्लाका गाविस सचिवले यहाँ आन्दोलन थालेका छन् ।
उनीहरुको आन्दोलनपछि यहाँका सबै गाविस कार्यालयको कामकाज ठप्प भएको छ भने काम लिएर गाविस कार्यालय पुगेका सेवाग्राहीले हैरानी बेहार्नु परेको छ ।
विगत १५ वर्षदेखि हुन नसकेको स्थानीय तहमा जनप्रतिनिधि बहालीका लागि स्थानीय तहको चुनाव हुनुपर्ने, सचिवलाई सरकारबाट गतवर्ष स्वीकृत भएको प्रोत्साहन भत्ता तुरुन्त उपलब्ध गराउनुपर्ने लगायतका माग सचिवले राखेका छन् ।
गाविस सचिव हकहित संरक्षण केन्द्र बाँकेका अध्यक्ष उत्तमसिंह सोढीका अनुसार, आन्दोलनको कार्यक्रम अन्तर्गत आज जिल्ला विकास समितिमा धर्ना दिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण