स्थानीय तह होइन स्थानीय निकायको निर्वाचन हुन्छ : महामन्त्री कोइराला
शुक्रबार, २१ माघ २०७३, १४ : ४९
विराटनगर - नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानलाई कार्यान्वयन गर्नका लागि निर्वाचन आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँग कुराकानी गर्दै स्थानीय तहको निर्वाचन गर्दा विवाद हुने सम्भावना रहेकाले स्थानीय निकायको निर्वाचन हुने दाबी गरे ।
मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको भन्दै उनले मुलुकलाई जटिल अवस्थाबाट बचाउन जसरी पनि निर्वाचन गराउनुपर्ने आवश्यकता औंँल्याए ।
मधेसी मोर्चाले दोहोरो नीति अपनाउन खोजेको प्रसङ्ग उल्लेख गर्दै मुलुकलाई अन्यौंँलताबाट हटाउन मोर्चालगायत सबै दललाई एक्यबद्धता हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।
पत्रकारको जिज्ञासामा उहाँले स्थानीय निकायको निर्वाचनपछि सरकार परिवर्तन हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण