त्रिभुवन विमानस्थलको पार्किङमा भेटियो ४ लाख ६७ हजारको अवैध सुन
शुक्रबार, २१ माघ २०७३, १५ : ५५
काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको पार्किङ एरियामा विदेशबाट आएका नेपाली युवाहरुले ल्याएको अवैध सुनको बेरुवा औंठीहरु ४ थान (९९ ग्राम) संकलन गरेर भन्सार छल्न खोज्ने यादवप्रसाद दाहाल पक्राउ परेका छन् । अन्दाजी ४ लाख ६७ हजार ६ सय ७६ रुपैयाँ बराबरको सुन संकलन गरी विमानस्थलबाट बाहिर ल्याउन लागेको अवस्थामा दाहालललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तेह्रथुम श्रीजंग–५ का ३३ वर्षीय यादवप्रसाद आवश्यक कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
यसैबिच मोरङको बिराटनगर–२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटमा लागू औषध नियन्त्रण व्युरो विराटनगर शाखाबाट खटिएको प्रहरीले डिल्लीबहादुर बस्नेतलाई पक्राउ गरेको छ । बस्नेतले कम्मर मुनिको भागमा लुकाईछिपाई बोकेको लागू औषध नाईट्रोसन २ सय ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
उदयपुर रामपुर ठोकसिला–८ गलेनी स्थायी घर भएका बस्नेत बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण