चक्रपथ विस्तार र अरनिको राजमार्गको काम सक्ने विषयमा छलफल
काठमाडौँ - भौतिक पूर्वाधारसँग सम्बन्धित चीनको सहयोगमा सञ्चालित आयोजनाका काम तोकिएको समयमा सम्पन्न हुनुपर्नेमा जोड दिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री रमेश लेखक र नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई सरकारबीच सम्झौता भई काम भइरहेको चक्रपथ विस्तार आयोजना र अरनिको राजमार्गको काम समयमै सक्ने विषयमा छलफल गरे।
सो अवसरमा दुवैतर्फबाट आएका समस्या समाधानमा जोड दिइएको र पूर्वाधारका थप आयोजनामा सहयोगका विषयमा छलफल भएको मन्त्रालयका सचिव धनबहादुर तामाङले जानकारी दिए ।
अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको मर्मतसम्भार छिटो सम्पन्न गरी कोदारी नाका खुलाउने सम्बन्धमा पनि उनीहरुबीच छलफल भएको थियो । चीन सरकारको सहयोगमा सञ्चालित चक्रपथ विस्तार आयोजना गत वर्षको भूकम्प र भारतको नाकाबन्दीले ढिला भएको थियो । भूकम्पपछि क्षति पुगेको अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्ड चिनियाँ सरकारकै सहयोगमा मर्मतसम्भार भइरहेको छ । हाल सो मार्ग सञ्चालनमा आउन सकेको छैन ।
छलफलका क्रममा राजदूत युले मन्त्री लेखकलाई आगामी मे९वैशाख–जेठ० महिनामा चीनमा हुने पूर्वाधारसम्बन्धी सम्मेलनमा भाग लिन निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण