लघुवित्त व्यवसायी सम्मानित
काठमाडौँ – नेपाली सेना कल्याणकारी बोर्ड तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा संचालित लघुवित्त कार्यक्रम अन्तर्गत नेपाली सैनिक परिवार तथा भूतपूर्व सैनिकहरूको जीवनस्तर उकास्न र स्वरोजगारका अवसरहरू सिर्जना गर्न सूदुरपश्चिममा चालेको अभियानमा सफल रुपमा उद्यम चलाए वापत सर्वोत्कृष्ट उद्यमीलाइ सम्मान गरिएको छ ।
नेपाली सेना कल्याणकारी बोर्डद्वारा धनगढीमा माघ २० र २१ गते आयोजित सूदुरपश्चिमाञ्चल भूपु सैनिक सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले संयुतm रुपमा सर्वोत्कृष्ट उद्यमीका रुपमा जानकीदेवी बमलाई चाँदीको सिक्कासहित प्रशंसा–पत्रले सम्मान गरेका हुन् ।
वोड र बैंकले मिलेर कल्याणकारी कोषका हिताधिकारीहरुको आर्थिक एवम् सामाजिक जीवनस्तर उत्थानको लागि स्थानिय स्रोतमा आधारित विभिन्न कृषि, पशुपालन लगायतका लघुउद्यम तथा व्यापारमा सरिक गराई स्वःरोजगारको अवसर श्रृजना गर्न सहयोग गर्दै आएको छ ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नियम अनुसार असल वर्गमा परेका ३ जना बैंकका ऋणीहरुलाई जनही सात लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो साथै बहालवाला सैनिक परिवार र भूतपूर्व सैनिकलाई लघुव्यवसाय संचालनका लागि सुरूवाती पुँजीका रूपमा विपन्न वर्ग कर्जा अन्तर्गत ६ जनालाई चेक हस्तान्तरण गरियो ।
हालसम्म १६ हजारभन्दा बढी नेपाली सेनाका बहालवाला सैनिक परिवार र सैनिकहरुले करिव रु. २ अर्व ५१ करोड ६८ लाख कर्जा लिइ लघुव्यवसाय संचालन गरिरहेका छन् ।
सोही कार्यक्रममार्फत नेपाल इन्भेष्टमेन्ट बैंकले डडेल्धुरा, दार्चुला र बैतडीमा शाखारहित बैंकिङ सेवा पनि सुरु गरेको छ । सेवा सुरु गरेसंगै प्रत्येक जिल्लामा बैंकिङ कारोबार गर्न पस मेसिन उपलव्ध गराइएको छ । अब बैंकले यो सहित ६२ वटा शाखारहित बैंकिङ सेवामार्फत सुविधा दिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण