छैसठ्ठी हुलाकका ‘लेटर बक्स’ जीर्ण
पाल्पा - जिल्लाका सबै हुलाक कार्यालयमा रहेका ६६ वटा ‘लेटर बक्स’ जीर्ण अवस्थामा रहेका छन् ।
पाल्पामा जिल्ला हुलाक १, इलाका हुलाक १३, अतिरिक्त हुलाक ५२ वटा गरी पाल्पामा कुल ६६ वटा हुलाक छन् । जिल्ला हुलाक कार्यालय पाल्पाको २०७२ पुस १७ गतेदेखि २०७३ पुस १६ गतेसम्मको वार्षिक प्रतिवेदनमा जिल्लाका अधिकांश हुलाकमा रहेका ‘लेटर बक्स’ बिग्रेको अवस्थामा रहेको उल्लेख छ ।
जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख खेतबहादुर खत्रीले ‘लेटर बक्स’ लामो समयदेखि प्रयोगमा आउन नसक्दा खिया लागेको बताए । ‘लेटर बक्स’ बिग्रेपनि हाल प्रयोगमा रहेको उनको दाबी छ ।
पाल्पा जिल्लाका अधिकांश हुलाकका ‘लेटर बक्स’ प्रयोगमा आउन नसकेको छहराका श्रीकृष्ण आत्रेय बताउँछन् । मानिसले अहिले हुलाक भन्दा पनि मोबाइलबाट सन्चो बिसन्चोको खबर आदानप्रदान गर्न थालेपछि हुलाक सेवा कमजोर बनेको उनको भनाइ छ ।
सञ्चार प्रविधि विकासले हुलाकको महत्व कम भएसँगै सरकारले हुलाक सेवा चुस्त बनाउन ध्यान नदिँदा बिग्रेका लेटरसमेत मर्मत हुन नसकेका हुन् ।
हुलाक अहिले सर्वसाधारणका चिठ्ठीपत्र भन्दा जिल्ला र राष्ट्रियस्तरका सरकारी चिठ्ठीपत्र, पत्रपत्रिका पठाउने माध्यम मात्र बनेको छ । मोबाइल र इन्टरनेट जस्ता सामाजिक सञ्जालको बढ्दो प्रयोगले हुलाक सेवा सङ्कटमा पर्न थालेको हो ।
सूचना तथा सञ्चार मन्त्रालयले पछिल्लो समयमा हातहातमा मोबाइल, घर÷घरमा इन्टरनेट विस्तारको नीति लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण