बोइलर चल्लाको मूल्य बढ्यो
चितवन - नेपाल ह्याचरी सङ्घले बोइलर चल्लाको मूल्य बढाएको छ । भोलि आइतबारदेखि लागू हुने गरी प्रतिचल्लामा रु पाँच बढाइएको हो ।
यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ । नेपाल ह्याचरी सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् चितवन जिल्लाका अध्यक्ष ऋषिराम पौडेलले अहिले देशभरि नै बोइलर चल्लाको माग उच्च भएको र उत्पादन कम भएको कारण चल्लाको मूल्य बढेको बताए ।
फागुपूर्णिमालाई लक्ष्य गरी बोइलर पाल्ने किसानको सङ्ख्यामा समेत वृद्धि भएकाले माग बढेको उनको भनाइ छ । विशेषगरी फागुपूर्णिमामा तराईका जिल्लामा मासुको अत्यधिक खपत हुने गर्दछ । पछिल्लो समय बोइलर मासुमा समेत मूल्य वृद्धि भएपछि किसान यसतर्फ आर्किर्षत भएका हुन् ।
अध्यक्ष पौडेलका अनुसार चितवन जिल्लामा मात्रै प्रतिहप्ता १५ लाख चल्ला उत्पादन हँुदै आएको छ । उत्पादनको करिब ४० प्रतिशत चितवनमा मात्रै खपत हुन्छ भने, ६० प्रतिशत देशका विभिन्न जिल्लामा जाने गर्दछ । पछिल्लो समयमा चितवनमा अण्डाको मूल्यसमेत बढ्दै आएको छ ।
भूकम्पका बेला अस्तव्यस्त बनेको कुखुरा व्यवसाय अहिले विस्तारै फस्टाउँदै गएको अण्डा व्यवसायी शिवराम केसीको भनाइ छ ।
नेपालमा कुखुरा व्यवसायमा झन्डै रु ७५ अर्ब लगानी भएको छ । चितवनलाई कुखुराको राजधानीको रुपमा चिनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण