घलेगाउँमा पर्यटकीय सङ्ग्रहालय
लमजुङ - सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो ।
सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तु निर्माण गरिएका छन् । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएका छन् ।
“सङ्ग्रहालय गुरुङ संस्कार र सस्कृतिको खुला विद्यालय हो, यहाँबाट पर्यटकले हाम्रो संस्कार र संस्कृतिको बारेमा सजिलै थाहा पाउनेछन्,” घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष प्रेम घलेले भने ।
प्राकृतिक सौन्दर्य हेर्न तथा स्थानीय होमस्टेको अनुभव लिन देश विदेशबाट पर्यटक घलेगाउँ आउने गर्दछन् । सङ्ग्रहालय बनेपछि गुरुङ संस्कृति जान्न र अध्ययन गर्न चाहने देश विदेशका पर्यटक अझै थपिने अध्यक्ष घलेको विश्वास छ ।
घलेगाउँमा वार्षिक ३० हजार भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । प्राकृतिक दृश्यावलोकन, होम स्टे, स्थानीय चिया बगानसँगै यहाँको आतिथ्यता यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।
घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय शनिबार उद्घाटन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण