मगर समुदायको योगदान प्रशंसनीय – देउवा
ललितपुर - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि मगर समुदायको योगदान उल्लेखनीय रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय मगर सङ्घद्वारा आज नेका पार्टी कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्र स्थापनामा मगर समुदायको भूमिका प्रशंसनीय रहेको बताएका हुन्। यस समुदायबाट काँग्रेस पार्टीमा प्रतिनिधित्व बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
काँग्रेस प्रजातान्त्रिक अभ्यास र संस्कृतिलाई विश्वास गर्ने पार्टी रहेको उल्लेख गर्दै उनले बहुदलीय व्यवस्थामासम्पूर्ण नेपालीको अधिकारलाई सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे ।
नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले देशभित्र राजनीतिक समस्या चुनौतीपूर्ण बन्दै गएको बताए ।
उनले सामाजिक संरचना भत्किन थालेको र आर्थिक रुपले देश तल झर्दै गएको पनि बताए । दुई दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा देशभरिबाट एक सय ९५ जना प्रतिनिधिले भाग लिएको सङ्घका अध्यक्ष गणेश थापामगरले बताए ।
प्रशिक्षण कार्यक्रमका प्रशिक्षकमा गगन थापा, धनराज गुरुङ, जीवन परियार, छन्द पहराई, गोवद्र्धन राना र गुरुराज घिमिरे रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण