ओलीको राष्ट्रियताको सुकेको खुट्टी महाकालीमा लडबडाइरहेको छ – वाइसिएल
काठमाडौँ – वाईसिएल नेपालका महासचिव राम प्रसाद सापकोटा ‘दीपशिखा’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताको खुट्टी वाईसिएललाई थाहा भएको बताएका छन् ।
शनिबार कास्की वाईसिएलको एकता भेलामा बोल्दै महासचिव दीपशिखाले एमाले अध्यक्ष ओलीको महाकालीमा सुकेको खुट्टी लडबडाइरहेको बताएका हुन् ।
भेलालाई संबोधन गर्दै उनले भने– वाईसिएलाई ओली कामरेडको राष्ट्रियताको खुट्टी कत्रो छ , त्यो थाहा छ । उनले अघि भने – राष्ट्रियताको दुहाई दिने ओलीको महाकालीमा सुकेको खुट्टी लडबडाईरहेको छ ।’
‘बिजुली, जनताको बाटो, धारो र विकास खाने एमाले लुटेरा की जनताको सेवा र सुरक्षामा अहोरात्र खटिने वाईसिएल ? जनताको विकास खाने एमालेले वाइसियललाई लुृटेरा भन्नु कहाँ सम्म जायज हो ?,’ उनले प्रश्न गरे ।
उनले वाईसिएल अब सात डिभिजनमा परिणत हुने र जनताको सेवक बन्ने भन्दै एमालले यसमा टाउको नदुखाउन चुनौती दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण