मापसे गरेका श्रीमान्को कुटाईबाट श्रीमतीको मृत्यु
शनिबार, २२ माघ २०७३, १० : ४९
कैलाली– धनगढी उपमहानगरपालिका–२ सौराह स्थित लक्ष्मण खड्काको घरमा डेरा गरी बस्ने ३० बर्षीया लक्ष्मी भण्डारीलाई निजको श्रीमान् पर्शुराम भण्डारीले कुटपिट गर्दा मृत्यु भएको छ ।
पर्शुराम भण्डारीले शनिबार मादक पदार्थ सेवन गरी सामान्य बिबादका कारण कुटपिट गर्दा घाइते भएकी भण्डारीको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कुटपिट गर्ने पर्शुराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यसैबिच धनकुटाको बुधबारे स्थित घुमाउने सामुदायिक बनमा लोड गरेको अवस्थामा २ थान भरुवा बन्दुक फेला परेको छ ।
शुक्रवार बेवारिसे अवस्थामा फेला परेको बन्दुक प्रहरीले बदामद गरेको छ ।
उक्त जंगल क्षेत्रमा चोरी सिकारी गर्ने उदेश्यले ७/८ जना मानिसहरु गईरहेको भन्ने सुचनाका आधारमा प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरी जंगल सर्च गर्न पुगेको थियो ।
प्रहरीलाई देखेपछि शिकारी फरार भएका थिए । चोरी सिकारी गर्ने उदेश्यले आएका मनिसहको खोजि भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण